काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत ११२ वटा कम्पनीको सूची जारी गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।
नेप्सेले सार्वजनिक गरेको सूचीमा सूचीकृत १९ वटै वाणिज्य बैंक परेका छन्। राष्ट्रियस्तरका ८ वटै विकास बैंक पनि मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा परेका छन्।
यसैगरी सूचीकृत ५५ वटा लघुवित्त वित्तीय संस्थामध्ये ४० वटा लघुवित्त, ५ वटा फाइनान्स कम्पनी, ७ वटा जीवन बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी, लगानी समूहका ४ वटा कम्पनी, उत्पादन समूहका ३ वटा कम्पनी, जलविद्युत समूहका १६ वटा कम्पनी र २ वटा अन्य समूहका कम्पनी छन्।
margin