काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ८१ अंकले घटेर १,९७९ को विन्दुमा कायम भएको छ । आज जम्मा ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०६ कम्पनकिो शेयरभाउ घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, जोशी हाइड्रोपावर कम्पनीको ११ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ११ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । घौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ६६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।