IME Life New

सन सेक्युरिटिजले थालनी गर्यो ‘सन विथ कम्युनिटि’ कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिज कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ । सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाडौं महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.ले वडा नं.०१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाडौं महानगरपालिका वार्ड नं. ०१ का सचिव सर्वज्ञ राज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सन विथ कम्युनिटि कार्यक्रम अन्तरगत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

Esewa
Crest

जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान काठमाडौंै महानगरपालिका ०१ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट ०१ नं. वडाबासीहरु लाभान्वित हुने बताए ।

साथै शेयरबजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए । यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रा.लि.ले यस काठमाडौं महानगरपालिका वार्ड नं. ०१ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण ०१ नं. वडाका बासिन्दाहरुले पाउन सक्नुहोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए ।

साथै उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडा नं. १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालयसमयभित्र आई शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS