IME Life New

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज ९नेक०का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् ।

कलेजका २ विद्यार्थीले कुलपति पदक समेत प्राप्त गरेका छन् । ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीद्वय विबेक बाबु लामिछाने र रोमहर्ष ओली कुलपति पदकबाट विभुषित भएका हुन् ।

Esewa
Crest

कलेजको स्नातक तहको सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर विडिएच, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् ।

उनीहरुलाई मंगलबार पोखरा विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा शिक्षामन्त्री समेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले दिक्षित गरे । विश्वविद्यालयले सो अवसरमा १७ जनालाई गोल्ड मेडल प्रदान गरेको थियो भने डीन लिस्टमा पर्नेहरु ६४७ जना रहेका थिए ।

कलेजमा सिभिल एण्ड रुरलका अजय यादव, अञ्जली पाण्डे, संगीता रानाभाट, सागर दुलाल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका ध्रुव पाण्डे, अनिलकुमार यादव, सिभिल विडिएचका कल्पना मिश्रा, ज्ञानमान श्रेष्ठ, निराजन लामिछाने, रामबहादुर बुढा, सिभिल इन्जिनियरिङकी आस्था ढुंगाना, सुष्मी श्रेष्ठ डीन लिस्टमा परेका थिए । त्यस्तै, कम्प्युटर इन्जिनियरिङका रोजन दाहाल, सुरज कार्की, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सका जयप्रकाश महतो, आर्किटेक्टका हिमाल रोकाया, निलिमा थापा, शौरभी बर्मा शाख पनि डीन लिस्टमा परेका थिए ।

स्नातकोत्तर तर्फ कन्ट्रक्सन म्यानेजमेन्टका दिनेश घिमिरे, रविन खड्का, मनिराम भट्टराई, मनोजकुमार साह, प्रकाश केसी, इन्टरडिस्पिनली वाटर रिसोर्स म्यानेजमेन्टका निलम थापा, रस्मिता कार्की र ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टका योगेशकुमार सिंह, जिगेशप्रसाद चौधरी, विबेकबाबु लामिछाने, रोमहर्ष ओली डीन लिस्टमा परेका थिए ।

सामाजिक शैक्षिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ विधाका लागि विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS