IME Life New

संस्थापक शेयर बिक्रीका नाममा खुलेआम लुट्दै कम्पनीहरु, के भन्छन् नियामक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिले विभिन्न कम्पनीले संस्थापक शेयर बिक्रीका नाममा लुट मच्चाइरहेको पाइएको छ। दर्जनौँ कम्पनीले अहिले खुलेआम सर्वसाधारणलाई अंकित मूल्यभन्दा बढीमा संस्थापक शेयर भिडाएर करोडौँ रुपैयाँ कुम्ल्याउने दाउमा लागिरहेको पाइएको हो।

त्यस्ता कम्पनीहरुले सर्वसाधारणलाई संस्थापक शेयर खरिदका लागि मेसेजदेखि मोबाइलमा फोन नै गर्ने गरेको पाइएको छ। कतिपय कम्पनीले त दैनिकजसो संस्थापक शेयर किन्न आउन अनुरोध गर्दै फोन गर्ने गरेका छन्।

Esewa
Crest

उदाहरणका लागि अहिले प्रभु स्टिल्स एन्ड हाइड्रो इक्युपमेन्ट इन्डिस्ट्रिज र प्रभु केबलकार कम्पनीलाई लिन सकिन्छ। यी दुवै एउटा समूहका कम्पनी हुन्। हाल यी कम्पनीका कर्मचारीले सर्वसाधारणलाई फोन गरेर वा मेसेज पठाएर संस्थापक शेयर खरिद गर्न आउन आग्रह गरिरहेका छन्।

यी दुवै कम्पनीको संस्थापक शेयर न्यूनतम १ हजार कित्ता किन्न पाइने भनिएको छ। तर, सर्वसाधारण न्यूनतम १ हजार कित्ता किन्दा १ लाख १५ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको छ। अर्थात कम्पनीहरुले प्रतिकित्ता अंकित मूल्यमा थप १५ रुपैयाँ लिएर ११५ रुपैयाँमा बेचिरहेका छन्। ‘मैले पनि प्रभु स्टिल्सको १ हजार कित्ता शेयर किनेँ तर १५ हजार रुपैयाँ बढी कम्पनीले लियो’, एक लगानीकर्ताले भने, ‘व्यवस्थापन खर्च भन्दै कम्पनीले कित्तामा १५ रुपैयाँ अतिरिक्त रकम लिइरहेको छ।’

प्रुभ केबलकारले पनि ११५ रुपैयाँमै संस्थापक शेयर बेचिरहेको छ। ‘अंकित मूल्य १०० रुपैयाँमा १५ रुपैयाँ थपेर १ हजार कित्ता शेयर किनेँ’, अर्का एक लगानीकर्ताले भने, ‘प्रमाणपत्रमा भने १ लाख रुपैयाँको मात्रै उल्लेख भएको आउँछ भनेका छन्।’

प्रभु केबलकार कम्पनीका एक अधिकारीले संस्थापक शेयरमा अंकित मूल्यमै बेचिरहेको दाबी गरे। ‘प्रतिकित्ता १५ चाहिँ व्यवस्थापन खर्चका रुपमा लगानीकर्ताबाट लिइरहेका छौँ’, नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘हामीले सम्बन्धित निकायबाटै अनुमति लिएरै १५ रुपैयाँ बढी लिइएको हो।’

नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले सूचीकृत भइनसकेका कम्पनीहरुको सुपरिवेक्षण धितोपत्र बोर्डले नगर्ने बताए। ‘त्यस्ता कम्पनीहरुले के आधारमा अंकित मूल्यभन्दा बढीमा शेयर बेचिरहेका छन्, त्यस विषयमा कम्पनी रजिस्ट्रारको कार्यालय हेर्छ, यस विषयमा उहाँहरुले नै अनुगमन गर्नुपर्छ’, उनले भने।

नेप्सेको ओटीसी मार्केटमा कारोबार भइरहेका कम्पनीहरुको संस्थापक शेयर भने अंकित मूल्यभन्दा बढीमा कारोबार गर्न सकिने श्रेष्ठले बताए। ‘तर ओटीसी मार्केटमा पनि कारोबार भइरहेका छैनन् भने त्यस्ता कम्पनीले अंकित मूल्यभन्दा बढी रकम उठाइरहेको विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयले अनुगमन गर्नुपर्छ’, उनले भने, ‘यसमा धितोपत्र बोर्डले कुनै कारबाही प्रक्रिया अगाडि बढाउन मिल्दैन।’

कम्पनी रजिस्ट्रारको कार्यालयका कानुन शाखाका उपरजिस्ट्रार तोपबहादुर बिष्टले धितोपत्र बजारमा प्रवेश गर्न बाँकी रहेका कम्पनीहरुले अंकित मूल्यभन्दा बढीमा संस्थापक शेयर बिक्री गर्न नपाउने स्पष्ट पारे। ‘त्यस्ता कम्पनीहरुले हामीलाई लिखत रुपमा पेस गरेको कागजातका आधारमा संस्थापक शेयर बेच्न पाउँछन्, त्यो भनेको अंकित मूल्य १०० रुपैयाँ नै हो’, उनले भने, ‘त्योबाहेक कम्पनीहरुले बढी रकम लिन मिल्दैन।’

अहिले धेरै कम्पनीहरुले यसरी बढी पैसा लिएर संस्थापक शेयर बिक्री गरिरहेको जानकारी आएको पनि बिष्टले बताए। ‘यस विषयमा छिट्टै हामीले एउटा निष्कर्ष निकालेर कारबाही प्रक्रिया थाल्छौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

71%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS