IME Life New

व्यावसायिक क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यसहित डिजिटल साहुजीको उदय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म डिजिटल साहुजी सञ्चालनमा आएको छ । मेक इन नेपाल निसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले आज बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो।

डिजिटल साहुजीको कपरिट कार्यालय काठमाडौको दरवारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ। डिजिटन साहु‌जी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेसिनरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ।

Esewa
Crest

डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफै व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ।

यसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चस्त व्यवस्थापन गर्ने जनाएको यसवाहेक उनीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्नेछ।

त्यस्तै विद्यार्थीहरुलाई संगसंगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। यसअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने कम्पनीको भनाइ छ। कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्‌नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ जसले उत्तीहरुलाई एकैसाथ सिक्ने र कमाउने बनाउनेछ। यस योजनामा आफ्‌नै व्यवसाय सुरु गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्नेछ।

यसबाहेक कम्पनीले ग्राहकका लागि आधिकारिक प्रडक्ट्सको प्रतिवद्धता जनाएको छ। यसअनुसार ग्राहकले कम्पनीमार्फत सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन्। कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन शपिड गर्ने र पसलमै गएर फिल्म बाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS