काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ४६ अंकले घटेर २,०२६ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक तथा प्रशोधन उपसूचक बाहेक सबै उपसूचक रात्ताम्मे भएका छन् । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, हिमालयन उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।