काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ४६ अंकले घटेर २,०२६ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक तथा प्रशोधन उपसूचक बाहेक सबै उपसूचक रात्ताम्मे भएका छन् । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३१३ कम्पनीको ६३ करोड ४१ लाख १७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड २६ लाख रुपैयाँ शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको ६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, हिमालयन उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।