IME Life New

न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्याउन हिमालयन रिले पेस गर्यो क्यापिटल प्लान, नेपाल रिलाई म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले नियामक बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउन क्यापिटल प्लान पेस गरेको छ। गत माघ दोस्रो साता बीमा प्राधिकरणले २०८१ माघ मसान्तसम्म हाल सञ्चालनमा रहेको दुईवटा पुनर्बीमा कम्पनीको चुक्तापुँजी न्यूनतम पुर्याउनुपर्ने निर्णय गरेको थियोे। यसका लागि १५ दिनभित्र दुवै कम्पनीलाई सञ्चालक समितिबाट निर्णय गरी क्यापिटल प्लान पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम हिमालयन रिइन्स्योरेन्सले प्राधिकरणमा क्यापिटल प्लान पेस गरेको छ। यो कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको छ। हिमालयन रिले आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापुँजीको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव फागुन २० गते बस्ने तेस्रो वार्षिक साधारणसभाबाट पारित गर्दैछ। बोनश शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाले पारित गर्नेछ।

Esewa
Crest

हिमालयन रिले ८० प्रतिशते हुन आउने करिब ८ अर्ब ३२ करोड रुपैयाँबराबर हकप्रद शेयर बिक्रीपछि चुक्तापुँजी करिब १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ।

हिमालयन रिले प्राधिकरणमा बोनश शेयर वितरणपछि कायम चुक्तापुँजीको ८० प्रतिशत हकप्रद ल्याउने र न्यूनतम चुक्तापुँजी पुग्न बाँकी रहेको रकम आर्थिक वर्ष २०८०/८१ का लागि बोनश शेयर वितरण गरेर पुर्याउने पुँजी योजना पेस गरेको प्राधिकरण स्रोत बताउँछन्।

प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले हिमालयन रिले क्यापिटल प्लान पेस गरिसकेको बताए। ‘हिमालयन रिले पेस गरेको पुँजी योजनाका विषयमा सञ्चालक समितिमा छलफल गरी निर्णय गर्छौं’, उनले भने।

प्रवक्ता पौडेलका अनुसार नेपाल रिइन्स्योरेन्स कम्पनीले भने प्राधिकरणले तोकेको समयसीमासम्म क्यापिटल प्लान पेस गर्न नसकेको बताए। ‘त्यसैले नेपाल रिकै आग्रहमा उसलाई क्यापिटल प्लान पेस गर्न थप १५ दिनको समय दिएका छौँ’, उनले भने।

जीवन र निर्जीवन बीमकको न्यूनतम चुक्तापुँजी दोब्बर बनाउन निर्देशन दिएको २ वर्ष नपुग्दै प्राधिकरणले स्वदेशी दुई पुनर्बीमा कम्पनीको स्वधारण क्षमता वृद्धिका लागि चुक्तापुँजी बढाउने निर्णय गरेको हो। यसअघि प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि पुँजी वृद्धिको आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेको थियो।

प्रतिवेदनमा स्वदेशी पुनर्बीमकको स्वजोखिम धारण क्षमता बढाउन न्यूनतम चुक्ता पुँजी वृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। स्वदेशभित्र र बाहिरको समेत पुनर्बीमा व्यापारको जोखिम भार बहनका लागि वित्तीय सबलता जरुरी भएकाले तत्कालै पुँजी वृद्धि गर्न जरुरी रहेको प्रतिवेदनमा सुझाव दिइएको थियो।

स्वदेशी बीमा कम्पनीको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै पुनर्बीमकको वित्तीय सबलता बलियो बनाउन पुँजी वृद्धि आवश्यक रहेको प्राधिकरणको तर्क छ।

सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्सको चुक्तापुँजी १२ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ छ। यो कम्पनीलाई पनि हकप्रद शेयर जारी गर्नेबाहेक तत्काल अर्को उपाय भने देखिँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS