IME Life New

सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा एक साताभित्र खाली गर्न निर्देशन दिएको छ।

महानगरले एक सूचना गर्दै यस्तो निर्देशन दिएको हो। ‘विशेष अदालतको फैसलासँगै ललिता निवास जग्गा सरकारी भएको छ’, सूचनामा भनिएको छ, ‘सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्था हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गरिन्छ।’

Esewa
Crest

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकिएको छ। सोही व्यवस्थाबमोजिम महानगरले ललिता निवास खाली गर्न निर्देशन दिएको हो।

तोकिएको समयसीमाभित्र ललिता निवास क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS