काठमाडौं । फागुन ८ गते मंगलबार नेप्से परिसूचक २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १.७६ अंकले घटेको छ।
३ अर्ब ११ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३६ करोड ४० लाखको कारोबार भएको छ जसमा १७ करोड ३१ लाखको खरीद छ भने १९ करोड ९ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ बाट १० करोड ७४ लाखको खरीद छ भने २४ करोड ९ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।