काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ७६ अंकले घटेर २,०३३ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मुल्य घटेको छ भने ९० कम्पनीको शेयर मुल्य बढेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको ९३ करोड ४२ लाख ५४६ रुपैयाँ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, साना किसान विकास बैंकको १२ करोड ४० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । जोशी हाइड्रोपावर कम्पनीको ८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले ७ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।