काठमाडौं । राधी विद्युत कम्पनीको आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।
कम्पनीले फागुन ६ गतेबाट कम्पनीद्वारा प्रवर्द्धित राधी साना जलविद्युत आयोजना (४.४ मे.वा.)बाट विद्युत उत्पादन पुनः सुचारु भएको जानकारी गराएको हो। गत असार २२ गते अविरल वर्षाका कारण राधी खोलामा आएको बाढी र पहिरोका कारण यो आयोजनामा हेडवर्क्स र हेडरेस पाइपमा ठूलो क्षति पुर्याएको थियो।
सोही दिन राति करिब ९ बजेबाट उक्त आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो। क्षतिग्रस्त संरचना मर्मत गरी फागुन ५ गते परीक्षण कार्य सम्पन्न गरी फागुन ६ गते दिउँसो ४ बजेबाट आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।