IME Life New

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी, उल्लंघन गरे कडा कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा भएको विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा आज साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो। वीरगन्जको पूर्वमा बाराको सिमाना जोडिएको नगवाचौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ।

Esewa
Crest

वीरगन्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी गर्नु परेको पर्सा प्रशासनले जनाएको छ। कर्फ्यु आदेश उल्लंघन गरेकोमा कानुनबमोजिम कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS