IME Life New

रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न विद्युत उत्पादकलाई खण्डीकृत तथ्यांक पठाउन विभागको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत् विकास विभागले १ मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजनालाई खण्डीकृत तथ्यांक पठाउन निर्देशन दिएको छ।

विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्र लेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न खण्डीकृत तथ्यांक आवश्यक परेकोले उपलब्ध गराउन निदेृशन दिएको हो। सात दिनभित्र तथ्यांक उपलब्ध गराउन पत्रमार्फत निर्देशन दिइएको छ।

Esewa
Crest

विभागले अहिलेसम्म तिरेको रोयल्टीको विवरण र २०८०÷८१ असार मसान्तसम्म उठ्न सक्ने रोयल्टी विवरण पनि उपलब्ध गराउन निर्देशन दिउको छ। भौतिक संरचनातर्फ जलाशयले छोएका वडा, बाँध, इन्टेक, डिस्यान्डिङ बेसिन, नहर, पाइप वा सुरुङ, विद्युत् गृह, टलरेस, अन्य संरचना रहेको वडा, आयोजनाको नाम र क्षमता स्पष्ट खुलाई पठाउन पत्रमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS