IME Life New

फर्स्ट माइक्रोफाइनान्सको १.२० लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा राखिएको छ।

प्रभु बैंकको नाममा रहेको फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्र खरिद निवेदन दिन पाउनेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको शेयर खरिदका लागि आउँदो चैत ११ गतेसम्म निवेदन दिन सकिनेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS