IME Life New

मेलम्ची आयोजनामा ३ पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरु मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षका रुपमा भ्रष्टाचारमा मुछिएका हुन्।

Esewa
Crest

भ्रष्टाचार मुद्दा लाग्ने अन्यमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा छन्। उनीहरुबाट ६ करोड ९७ लाख ८२ हजार १७८ रुपैयाँ बिगो दाबी गरिएको छ।

मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ। मेलम्ची खानेपानी बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो माग दाबी गर्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS