काठमाडौं । फागुन ६ गते आइतबार नेप्से परिसूचक २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २७.२१ अंकले घटेको छ। ३ अर्ब ७७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ५१ करोड ५२ लाखको कारोबार भएको छ जसमा २५ करोड ९३ लाखको खरीद छ भने २५ करोड ५९ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १३ करोड ७ लाखको खरीद छ भने १५ करोड ६२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।