काठमाडौं । आज नेप्से परिसूचक २७ दशलमव २१ अंकले घटेर २,०३४ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको मुल्य मात्रै बढेको छ भने २२५ वटा कम्पनीको मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । किसान लघुवित्तका लगानीकर्ताले ८ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।