IME Life New

कम पैसामा स्टार्टअपको मार्केटिङ कसरी गर्ने ? उपयोगी हुन सक्छन् यी ५ टिप्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजको समयमा धेरै मानिस आफ्नो स्टार्टअप सुरु गर्न चाहन्छन्। उनीहरुको सबैभन्दा ठूलो समस्या भनेको पैसाको अभाव हो। यस्तो अवस्थामा प्रश्न उठ्छ कि कसरी कम पैसामा स्टार्टअप सुरु गर्ने र कसरी कम पैसामा आफ्नो स्टार्टअपको मार्केटिङ गर्ने ? ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ बलियो सोचका साथ स्टार्टअप सुरु गर्दा अवश्य सफलता मिल्नेछ। यसका लागि यी ५ टिप्स उपयोगी हुन सक्छन्।

लक्षित वर्गबारे बुझौँ

Esewa
Crest

मार्केटिङ गर्नुअघि लक्षित वर्ग वा समूह कुन हो भनेर बुझ्न महत्वपूर्ण हुन्छ। यसले सही ठाउँमा मार्केटिङ गर्न मद्दत पुग्छ। त्यसपछि उनीहरुसँग केही सर्वेक्षण गर्नुपर्छ। अन्तर्वार्ता वा विश्लेषणका आधारमा उनीहरुको विचार बुझ्नुपर्छ। आफ्ना सबै प्रतिस्पर्धीहरुले पूरा गर्न नसक्ने कुरा के हो र लक्षित समूह के चाहन्छन् ? बुझ्ने प्रयास गर्नुपर्छ। त्यसपछि लक्षित वर्गको भाषा, रहनसहन र भिजुअल तयार गर्नुपर्छ। अनि आफ्नो उत्पादन लक्षित समूहमा डेलिभर गर्न सुरु गर्नुपर्छ। यसले उत्पादनको मार्केटिङ सजिलो हुनेछ।

डिजिटल मार्केटिङको शक्ति बुझौँ

आज डिजिटल मार्केटिङको युग हो। त्यसैले आफ्नै वेबसाइट बनाउनुपर्छ। जसमा आफ्नो स्टार्टअपका उत्पादनहरु प्रदर्शन गर्न सकियोस्। वेबसाइटमा धेरै कन्टेन्ट थप्नुपर्छ र यसमा महत्वपूर्ण शब्दकुञ्जी समावेश गरिनुपर्छ। ता कि सर्च इन्जिनमा सजिलै आफ्नो वेबसाइट देखा परोस्। साथै, सामाजिक सञ्जालको पूर्ण प्रयोग गर्नुपर्छ। यसमार्फत लक्षित वर्गसँग जोडिन सहज हुन्छ। आफ्ना फलोअर्सले केही जिज्ञासा राखेमा अवश्य जबाफ दिने गर्नुपर्छ।

साझेदारी र सहकार्य गरौँ

त्यस्ता व्यवसाय र संगठनहरुसँग जोडिनुपर्छ, जसको व्यवस्था आफ्ना लक्षित वर्गहरुका लागि जस्तै छ। तर, उनीहरुको व्यवसाय आफ्नोभन्दा फरक हुनुपर्छ। यस्तो अवस्थामा दुवैले एक–अर्काका ग्राहकबाट फाइदा लिने र दुवैको नाफा बढ्नेछ। यसका लागि स्टार्टअप कार्यक्रमहरुमा जानुपर्छ। जहाँ धेरै स्टार्टअप संस्थापकलाई भेट हुन्छ। यसले आफ्नो व्यवसाय बढाउन मद्दत गर्न सक्छन्।

इन्फ्लुएन्सर मार्केटिङको प्रयोग गरौँ

आफ्नो लक्षित वर्गहरुको इन्फ्लुएन्सर को हो भनेर पत्ता लगाउन थोरै अनुसन्धान गर्नुपर्छ। त्यसपछि इन्फ्लुएन्सर मार्केटिङ गर्न सकिन्छ। डिजिटल मार्केटिङको यो युगमा धेरै कम लागत तिरेर इन्फ्लुएन्सर मार्केटिङ गर्न सकिन्छ। यी इन्फ्लुएन्सरको मद्दतले सजिलैसँग आफ्नो उत्पादनलाई ठूलो लक्षित समूहमा पुर्याउन सकिन्छ।

परम्परागत विधिहरुको पनि थोरै प्रयोग

यदि बजेट कम छ भने ठूलो स्तरमा विज्ञापन गर्न सकिन्न। तर, सोसल मिडियामा विज्ञापन गर्न सकिन्छ। बजेट कम छ भने केही परम्परागत विधि प्रयोग गर्न सकिन्छ। जुन आज पनि धेरै लोकप्रिय छन्। यी विधिहरुमा पर्चा छाप्ने र वरपर वितरण गर्ने समावेश छन्। यसका लागि आफ्ना उत्पादनहरु नजिकैका साना र ठूला पसलमा राख्ने वा आसपास भइरहेका कार्यक्रम, मेला वा तरकारी बजारजस्ता ठाउँमा आफ्ना उत्पादनहरुको स्टल स्थापना गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS