IME Life New

भिजन सेक्युरिटिजद्वारा कैलाली बहुमुखीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (शेयर ब्रोकर नम्बर ३४) द्वारा कैलाली बहुमुखी क्याम्पसमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । आज फाल्गुण ४ गते शुक्रवारका दिन पनि प्रशिक्षक सुवास चन्द्र भट्टराईले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सोहि क्याम्पसको हलमा शेयर वजार सम्वन्धी प्रशिक्षण दिएका हुन् ।

नवप्रवेसी लगानीकर्ताहरुले शेयर वजारमा अपनाउनु पर्ने सावधानीहरु, शेयर बजारको कारोवार प्रकृया, लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने विषयहरु आदि विषयहरु समावेश गरि विद्यार्थीहरुलाई उनले प्रशिक्षित गरेका थिए ।

Esewa
Crest

शेयर बजार विज्ञ÷विश्लेषक सुवास चन्द्र भट्टराई आफ्नो कलेजमा उपस्थित भई शेयर बजारको वारेमा विद्यार्थीहरुलाई प्रशिक्षीत गरेकोमा कैलाली बहुमुखी क्याम्पसका उप–प्रमुख ठाकुर प्रसाद ढुंगेलले आयोजक भिजन सेक्युरिटिज् प्रा.लि. तथा प्रशिक्षक सुवास चन्द्र भट्टराईलाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, भिजन सेक्युरिटिज् प्रा.लि. (शेयर ब्रोकर न.. ३४) र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा शेयर बजार सम्वन्धी साक्षात्कार कार्यक्रम संचालन हुने भएको छ । भिजन सेक्युरिटिज् प्रा.लि.ले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम फाल्गुण ५ गते शनिवारका दिन धनगढी कैलालीमा संचालन हुने भएको हो । प्रशिक्षकको रुपमा शेयर बजार विज्ञ÷विश्लेषक सुवास चन्द्र भट्टराई रहेका छन् ।

भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कलेज स्तरवाट नै शेयर वजारको वारेमा जानकारी दिने उद्देश्यका साथ काठमाडौंका केही कलेजहरुमा यस प्रकारको कार्यक्रम गरि सकिएको र यसलाई निरन्तरता दिईने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS