IME Life New

भाटभटेनीका सञ्चालक गुरुङलाई दुई वर्ष कैद सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ । विशेष अदालतले  बिहीबार ललिता निवास जग्गा अतिक्रमण प्रकरणमा अन्य ११ जना सहित गुरुङलाई समेत कैद सजायको आदेश जारी गरेको हो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिगत नाममा पारेको भन्दै दोषी ठहर गरेको छ। अदालतको फैसलामा उनलाई ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने समेत उल्लेख छ । यसैगरी जग्गा प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गरेका रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि गुरुङलाई जतिकै सजाय सुनाईएको छ।

Esewa
Crest

अदालतले तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्तलाई समेत दोषी ठहर गरेको छ। पूर्व मन्त्रीहरु विजय कुमार गच्छदार, डम्बर श्रेष्ठ चन्द्रदेव जोशीलाई सफाई दिएको छ । अदालतले नीतिगत निर्णयमा मन्त्रीहरुको व्यक्तिगत संलग्नता वा बदनियत पुष्टी नहुने भन्दै सफाई दिएको हो ।

अदालतले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न भएको दोषी ठहरिएका १२ जनाले ९ करोड रुपैयाँ दामासाही जरिवाना तिर्नुपर्ने फैसला गरेको । यसैगरी ललिता निवासको जग्गा ६५ जनाको नाममा दर्ता भएकोमा दर्ता जग्गा जफत हुने फैसलामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS