काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ४६ अंकले घटेर २,०६२ दशलमव ०३ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको मुल्य घटेको छ ।
आज बजार घट्दा पनि ७९ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनीको शेयर मुल्य बृद्धि भएको छ । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८ दशलमव ०१ प्रतिशतका दरले कमाएका छन् । जोशीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् ।