IME Life New

भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा उत्कृष्टः प्रमुख दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा क्रमशः उत्कृष्ट आउन थालको बताएकी छिन् । बुधबार राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर ७ कृष्णपुरको स्वर्ण महोत्सवलाई समापन गर्दै प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आएको उल्लेख गरिन् । “विगत ७ वर्षमा शैक्षिक क्षेत्रमा ठुलो लगानी भएको छ”प्रमुख दाहालले भनिन्,“भरतपुरका १ सय १५ सामुदायिक विद्यालयमा धेरै पूर्वाधार निर्माण भए । संघ, प्रदेश र स्थानीय तहको ठुलो लगानीको प्रतिफल आइरहेको छ ।”

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले कुल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रलाई विनियोजन गर्दै आएकाले अब निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा सामुदायिक विद्यालय पुगेको बताइन् ।

Esewa
Crest

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षको अहम भूमिका रहने भएकाले महानगरले एक कक्षा एक शिक्षकको नीति पनि अंगिकार गरेको उनको भनाई थियो ।

“सबैले आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गरौ”,उनले भनिन “सुरुवात आफैबाट गर्नुपर्छ । भरतपुरका सामुदायिक विद्यालय निजीभन्दा कम चाहिँ छैनन्।”

प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नकै लागि व्यवहारिक शुक्रबार, मेयरसँग विद्यार्थी, छात्रावृत्ति, साईकल वितरण, न्यानो कपडा, बसका कार्यक्रमलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिइन् ।

महानगरले एक विद्यालय एक खेल मैदान, एक कक्षा कोठा एक शिक्षक, एक वडा एक नमुना विद्यालय, शुक्रबार बुक फ्रि, जस्तापाता भएका ठाँउमा फल सिलिङ, आईसिटी ल्याब र प्रविधियुक्त कक्षा कोठालाई प्राथामिकता दिदै आएको बताइन् ।

संघीय गणतन्त्रको स्थापनापछि सामुदायिक विद्यालयको अवस्था गुणात्मक सुधार भई भरतपुरमा विगत ५ वर्षको अवधिमा ८ हजार विद्यार्थी थप भएको जानकारी दिइन् ।

महानगरपालिकाले अब भौतिक पूर्वाधारमा भन्दा अतिरिक्त क्रियाकलापमा जोड दिने गरी विद्यार्थीलाई व्यवहारिक र प्राविधिक शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उनले स्पष्ट पारिन् ।

समापन समारोहलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि काफ्लेले भरतपुरले गतिशील र दुरदर्शी नेतृत्व महानगर प्रमुख पाउँनु गर्वको विषय भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS