IME Life New

शेयर बजारमा जनचेतनाको कमी, क्लोजआउटबापत लगानीकर्ताले ६ महिनामा तिरे पौने ३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफूले किनेको शेयर समयमै हस्तान्तरण (ईडीआईएस) नगर्दा शेयर लगानीकर्ताले क्लोजआउटबापत करिब पौने ३ करोड रुपैयाँ तिरेका छन्। चालु आर्थिक वर्षको ६ महिना पुससम्म शेयर लगानीकर्ताले क्लोजआउटबापत उक्त रकम तिरेका हुन्। यसले शेयर बजारमा जनचेतनाको कमीका कारण अझै क्लोजआउटका घटनाहरु न्यूनीकरण हुन नसकेको देखिन्छ।

लगानीकर्ताले शेयर बिक्रीको भोलिपल्ट दिउँसो ३ बजेसम्म शेयर हस्तान्तरण (ईडीआईएस) गर्नुपर्ने व्यवस्था रहेको छ। यदि भोलिपल्ट मध्याह्न १२ बजेसम्म ईडीआईएस नगरेको खण्डमा शेयर लगानीकर्ता क्लोजआउटमा पर्ने गर्छन् र आफूले बेचेको शेयरको कुल रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ।

Esewa
Crest

सीडीएससीका अनुसार यो ६ महिनामा समयमै ईडीआईएस नगर्दा लगानीकर्ताहरुले २ करोड ७३ लाख ६२ हजार ७२४ रुपैयाँ क्लोजआउटबापतको जरिवाना तिरेका छन्। जुन ४ लाख २१ हजार ३३२ वटा कारोबारको ईडीआईएस नगर्दाको जरिवाना हो।

पुसमा मात्रै १ लाख ४२ हजार ३९७ वटा कारोबार ईडीआईसी नगर्दा लगानीकर्ताहरुले ९३ लाख ४७ हजार ६४१ रुपैयाँ जरिवाना तिरेका छन्।

पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ। योसँगै शेयर बजार नबुझेका लगानीकर्ता भित्रिने क्रम पनि उत्तिकै बढेको छ। बजारसँग सरोकार राख्ने निकायहरुले शेयर बजारबारे जनचेतनामूलक कार्यक्रम त्यति धेरै गरेको पाइँदैन। जसका कारण शेयर बजारमा कारोबार गर्दा अपनाउनुपर्ने सावधानी ख्याल नगर्दा ठूलो संख्या लगानीकर्ताहरु क्लोजआउटमा पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS