IME Life New

शेयर बजारबाट ७ महिनामा सरकारलाई पौने ३ अर्ब राजस्व, पुँजीगत लाभकर तिर्नेमा अल्पकालीन लगानीकर्ता बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा सरकारले शेयर बजारबाट पौने ३ अर्ब रुपैयाँ बढी राजस्व प्राप्त गरेको छ।

शेयर बजारमा अल्पकालीन लगानीकर्ता ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ता ५ प्रतिशत पुँजीगत लाभकरण तिर्नुपर्ने व्यवस्था छ। संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ। शेयर किनेको १ वर्षभित्रै बेच्नेलाई अल्पकालीन र १ वर्षपछि बेच्नेलाई दीर्घकालीन लगानीकर्ताका रुपमा वर्गीकरण गरिएको छ।

Esewa
Crest

सीडीएससीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना माघसम्म शेयर बजारबाट २ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ। यो ७ महिनामा सबैभन्दा बढी राजस्व माघ महिना भएको छ। माघमा मात्रै लगानीकर्ताले ९७ करोड २० लाख रुपैयाँ सरकारलाई पुँजीगत लाभकर तिरेका छन्।

माघको पुँजीगत लाभकर अघिल्लो महिना पुसको तुलनामा ३३.६६ प्रतिशतले बढी हो। पुसमा सरकारले पुँजीगत लाभकरबाट ७४ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

माघमा सबैभन्दा अल्पकालीन लगानीकर्ताले सबैभन्दा बढी पुँजीगत लाभकर तिरेका छन्। उनीहरुले मात्रै ७४ करोड १३ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्।
माघमा दीर्घकालीन लगानीकर्ता १६ करोड ३१ लाख रुपैयाँ र संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्।

सरकारले शेयर बजारबाट मंसिरमा ३० करोड ५३ लाख रुपैयाँ, कात्तिकमा ८ करोड ४१ लाख रुपैयाँ, असोजमा २१ करोड ९५ लाख रुपैयाँ, भदौमा १४ करोड रुपैयाँ र साउनमा ४० करोड ८ लाख रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS