IME Life New

तीन महिनामा बैंकिङ प्रणालीबाट तान्यो ५.६५ खर्ब, कस्तो निक्षेप र कर्जाको पछिल्लो अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता लगातार थपिँदै गएको छ। अधिक तरलता व्यवस्थापन गर्नकै लागि नेपाल राष्ट्र बैंकले गत मंसिरदेखि माघसम्म २७ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ५ खर्ब ६५ अर्ब रुपैयाँ तानेको थियो।

विशेषगरी अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि रहेको अवस्थामा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने गर्दछ। यसका लागि राष्ट्र बैंकले ७ दिने वा १४ दिने निक्षेप संकलन उपकरण प्रयोग गर्ने गर्छ।

Esewa
Crest

बैंकहरुमा तरलता थुप्रिपछि राष्ट्र बैंकले गत मंसिर ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गरी १ खर्ब २५ अर्ब रुपैयाँ तोकेको थियो। केन्द्रीय बैंकले फेरि पुसमा १० पटक यो उपकरणमार्फत २ खर्ब १५ अर्ब रुपैयाँ र माघमा ९ पटक यही उपकरणबाट २ खर्ब २५ अर्ब रुपैयाँ ताकेको थियो। यो तीन महिनामा राष्ट्र बैंकले ५ खर्ब ६५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट ताकेको थियो।

राष्ट्र बैंकका अनुसार माघ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ६१ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

यसैगरी माघ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लोसम्म कुल कर्जा लगानी ५० खर्ब ८६ अर्ब रुपैयाँ थियो।

माघ २९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८०.२५ प्रतिशत र अन्तरबैंक ब्याजदर ३.०१ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS