काठमाडौं । आज नेप्से परिसूचक ५ दशलमव ९१ अंकले बढेर २,०७६ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १११ कम्पनीको मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स कमपनी, बोटलर्स नेपाल बालाजू र पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।