IME Life New

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दै सरकार, साधारण शेयरको निष्कासन अनुमति ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन ढिलाइ गरिरहेको छ।

रमेशकुमार हमालको कार्यकाल गत पुस २० गतेबाट सकिएपछि धितोपत्र बोर्ड अध्यक्षविहीन भएको छ। हमाल बाहिरिएको करिब २ सातापछि मात्रै अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा दैनिक कार्य सञ्चालनको जिम्मेवारी कार्यकारी निर्देशन डा नवराज अधिकारीलाई दिएको थियो। तर, हाल धितोपत्र बोर्डमा सामान्य कामबाहेक अन्य सबै महत्वपूर्ण कार्यहरु ठप्प भएका छन्।

Esewa
Crest

त्यसो त धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गरिएको समितिले धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि कार्यविधि बनाउने र आवेदन खुला गर्नुपर्छ। तर, हमालको कार्यकाल सकिएको करिब डेढ महिना हुन लाग्दासमेत अध्यक्षको आवेदन खुलाइएको छैन। ‘समितिले कार्यविधि नै बनाएको छैन अनि कसरी आवेदन खुल्छ’, अर्थ स्रोतले भन्यो, ‘धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्ने कुरा सरकारको प्राथमिकतामा परेको देखिँदैन। त्यसैले तत्काल आवेदन खुल्लाजस्तो लाग्दैन।’

समितिले आवेदन खुला गरेपछि मात्रै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्छ। प्राप्त आवेदनबाट समितिले कम्तीमा ३ जनाको नाम छनौट गरी अर्थ मन्त्रालयमा सिफारिस गर्नुपर्छ। त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ती ३ जनामध्ये मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ।

अध्यक्ष नियुक्ति प्रक्रियामा ढिलाइ भएपछि धितोपत्र बोर्डबाट साधारण शेयरको निष्कासन अनुमति ठप्प भएको छ। हाल धितोपत्र बोर्डको पाइपलाइनमा ३२ वटा कम्पनीको आइपीओ रहेको छ। नौवटा कम्पनी पनि हकप्रद अनुमतिको पर्खाइमा छन्।

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ अहिले दैनिक कार्य सञ्चालनका कामबाहेक अरु केही गतिविधि अगाडि बढ्न नसकेको बताउँछन्। ‘अध्यक्ष नियुक्त नभएसम्म महत्वपूर्ण कार्यहरु अगाडि नबढ्ने देखिन्छ’, इन्स्योरेन्स खबरसँग उनले भने।

प्रवक्ता श्रेष्ठले अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्न सिफारिस समिति गठन गरिसकेकोले नियुक्ति प्रक्रिया पनि अगाडि बढ्न सक्ने बताए। ‘अब समितिले आवेदन खुला गरेर अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउला’, उनले भने, ‘तर, कहिले यो प्रक्रिया बढ्ने हो, यसै भन्न सकिएन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS