IME Life New

एकमहिनामै करिब ९%ले बढ्यो घरजग्गा कारोबार, पौने ४ अर्ब राजस्व संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ महिनामा घरजग्गाको कारोबार बढेको छ। पुस महिनाको तुलनामा माघमा करिब ९ प्रतिशतले घरजग्गाको कारोबार बढेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार माघमा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना पुसमा ४५ हजार २७७ वटा घरजग्गा कारोबार भएको छ। यो हिसाबले घरजग्गाको कारोबार पुसको तुलनामा माघमा ८.८६ प्रतिशतले बढेको छ।

Esewa
Crest

विभागका अनुसार सबैभन्दा धेरै जग्गाको कारोबार सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट भएको छ। त्यहाँबाट २ हजार ३२ वटा घरजग्गा कारोबार भएको छ।

घरजग्गा कारोबार बढेसँगै सरकारले उठाउने राजस्व पनि बढेको छ। विभागका अनुसार माघमा घरजग्गाको कारोबारबाट कुल राजस्व ३ अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। जुन पुसको तुलनामा १५.८४ प्रतिशतले बढी हो। पुसमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ उठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS