Connect IPS
IME Life

एकमहिनामै करिब ९%ले बढ्यो घरजग्गा कारोबार, पौने ४ अर्ब राजस्व संकलन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माघ महिनामा घरजग्गाको कारोबार बढेको छ। पुस महिनाको तुलनामा माघमा करिब ९ प्रतिशतले घरजग्गाको कारोबार बढेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार माघमा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना पुसमा ४५ हजार २७७ वटा घरजग्गा कारोबार भएको छ। यो हिसाबले घरजग्गाको कारोबार पुसको तुलनामा माघमा ८.८६ प्रतिशतले बढेको छ।

Prabhu
Crest

विभागका अनुसार सबैभन्दा धेरै जग्गाको कारोबार सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट भएको छ। त्यहाँबाट २ हजार ३२ वटा घरजग्गा कारोबार भएको छ।

घरजग्गा कारोबार बढेसँगै सरकारले उठाउने राजस्व पनि बढेको छ। विभागका अनुसार माघमा घरजग्गाको कारोबारबाट कुल राजस्व ३ अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। जुन पुसको तुलनामा १५.८४ प्रतिशतले बढी हो। पुसमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ उठाएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS