काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ५६ अंकले घटेर २,०७० को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, समाज लघुवित्त वित्तीय संस्था र सुपरमाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले गुमाएका हुन् ।