IME Life New

१००% हकप्रद ल्याउन लागेको अरुण भ्यालीको नाफामा भारी गिरावट, ८२%ले खुम्चियो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्ना शेयरधनीहरुका लागि १०० प्रतिशत हकप्रद ल्याउन लागेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ५०.८८ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८२.४४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा अन्य आम्दानीका रुपमा २ करोड ४० लाख रुपैयाँ आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १५ करोड २९ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी घटेर ८ करोड २६ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १९ करोड ७६ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.४९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११०.३७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४.४३ रुपैयाँ रहेको छ।

अरुण भ्याली हाइड्रोपावरले आउँदो फागुन १७ गतेदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर जारी गर्दैछ। कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरकै हकप्रद ल्याउने भएको हो।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

लगानीकर्ताले अरुण भ्यालीको हकप्रद शेयरमा आउँदो चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत माघ १५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ माघ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS