IME Life New

अपर तामाकोशीले घटायो घाटा, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा २५ करोड ७६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यस हिसाबले कम्पनीको घाटा घटेको छ।

Esewa
Crest

दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब १६ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ थियो। कम्पनीको सञ्चालन मुनाफा १३.५१ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ७.४५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १९ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ३ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १.३२ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ७.७९ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ६१.११ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS