IME Life
GBIME

नेप्से फेरि २१०० माथि, साढे ३ अर्ब बढीको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो साताको पहिलो दिन घटेको बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ३३ अंकले बढेर २,१०१ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनीको शेयर मुल्य बढेको छ भने ४५ कम्पनीको मुल्य घटेको हो ।

३१४ कम्पनीको शेयर १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीकै कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, एनआरएनको १६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड दुई का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS