IME Life New

स्वस्तिक लघुवित्त र कालिञ्चोक हाइड्रोपावरले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।

स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ८० हजार कित्ता आइपीओ ल्याउनेछ।

Esewa
Crest

यो लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यसैगरी कालिञ्चोक हाइड्रोपावरले धितोपत्र बोर्डसँग ७ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएपछि यो हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

कालिञ्चोक हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS