IME Life New

सर्वसाधारणलाई आइपीओ ल्याउन रिलायन्स स्पिनिङ मिल्सले सेबोनसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई शेयर ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।

रिलायन्स स्पिनिङ गत माघ २३ गते सेबोनमा निवेदन दिँदै सर्वसाधारणलाई आइपीओ ल्याउन अनुमति मागेको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको साधारण शेयर ल्याउन लागेको छ। जसअनुसार कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर जारी गर्नेछ।

कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री खुला गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाई माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गरेको थियो।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। जसअनुसार माथिल्लो रेन्जमा नै कटअफ प्राइस तय भएको छ।

बुक बिल्डिङ विधिअनुसार अब कम्पनीले सर्वसाधारणलाई कटअफ प्राइसमा १० प्रतिशत छुट दिई आइपीओ बिक्री खुलाउनुपर्ने हुन्छ। यस हिसाबमा सर्वसाधारणलाई यो कम्पनीको प्रतिकित्ता ८२०.८० रुपैयाँ आइपीओ खुलाउन सेबोनसँग अनुमति मागेको छ।

सेबोनले अनुमति दिएमा कम्पनीले यही मूल्यमा सर्वसाधारणका लागि बाँकी रहेको ६० प्रतिशत ११ लाख ५५ हजार ९६० कित्ता शेयर बिक्रीमा ल्याउनेछ। बुक बिल्डिङ विधिबाट ल्याइएको आइपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। यो हिसाबले यो आइपीओमा सर्वसाधारणले ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ। केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ मिल्सलाई केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीसँग समयमै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%
happy

खुसी

6%
sad

दु :खी

0%
amazed

अचम्मित

6%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS