Connect IPS
IME Life

सोल्टी होटेलले बढायो नाफा, आम्दानीमा पनि बढोत्तरी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोल्टी होटेलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म सोल्टी होटेलले २६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले २५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। होटेलको नाफा ४.६४ प्रतिशतले बढेको छ।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ३१ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ३० करोड ६२ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३.८२ प्रतिशतले बढेको छ।

यो ६ महिनामा कम्पनीले सेवा प्रवाहबाट १ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष होटेलको आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टी होटेलको रिटेन्ड अर्निङ र रिजर्भमा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा होटेलको रिटेन्ड अर्निङ र रिजर्भमा १ अर्ब १३ करोड ८१ लाख रुपैयाँ थियो।

होटेलको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.९७ रुपैयाँ, पीई रेसियो १६०.२० गुणा र प्रतिशेयर नेटवर्थ २६.७८ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS