IME Life New

आम्दानी घट्दा हिमालयन डिस्टिलरीको नाफामा ४४.३८% को संकुचन, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४४.३८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ८९ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानीमा पनि २२.४९ प्रतिशतको गिरावट आएको छ।

समीक्षा अवधिसम्मको कम्पनीको प्रशासनिक खर्च ३ करोड ३२ लाख रुपैयाँ र बिक्रीवितरण खर्च १९ करोड ८२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्ता खर्च क्रमशः ३ करोड ५१ लाख रुपैयाँ र २३ करोड ४४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४८ करोड १५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५५ करोड ७४ लाख रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ पनि १३.६३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १२.२५ रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २२.०२ रुपैयाँ थियो। पीई रेसियो १३९.७९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११८.०२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS