IME Life New

हाथवे इन्भेस्टमेन्ट घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५९ लाख ४२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन आम्दानी ३ करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो। दोस्रो त्रैमाससम्म कम्पनीले ३ लाख ३१ हजार रुपैयाँ अन्य आम्दानी पनि गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको खर्च बढेर ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खर्च ३ करोड ४७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको कम्पनीका रिजर्भमा ७८ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ७९ करोड ९१ लाख रुपैयाँ थियो।

दोस्रा त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१ पैसाले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १.०८ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ८३.४० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS