IME Life New

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट भट्टराईसँगै थप १२ जना बाहिरिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी पदबाट असमयमै राजीनामा गर्न बाध्य भएका रमेश कुमार भट्टराई बाहिरिएसँगै थप १२ जना उच्च पदस्थ कर्मचारीलाई सञ्चालक समितिले स्वेच्छिक अवकाश सहित बिदाई गरेको छ।

प्रभू महालक्ष्मी लाइफमा साबिक महालक्ष्मी लाइफबाट आएका नायब प्रमुख कार्यकारी अधिकृतद्वय  कमल पन्थी र रामेश्वर श्रेष्ठ, विभागीय प्रमुखहरु प्रशान्त धमला (बजार विभाग),  सपना खरेल (मानव संशाधन), सीताराम धिमाल (एजेन्सी प्रमुख) , योगेश नेपाल ( प्रशासन विभाग), प्रभाकर न्यौपाने (अण्डरराइटिङ हेड) रहेका छन् ।

Esewa
Crest

यसैगरी क्षेत्रिय प्रबन्धकद्वय जमुना आचार्य र यमलाल न्यौपाने , उप क्षेत्रिय प्रबन्धक हर्क बोहराको साथै शाखा प्रबन्धक दिगम्बर गुप्ताले स्वेच्छिक अवकाश पाएका छन् । स्वेच्छिक अवकाश रोजेकाहरुमध्ये सपना खरेल भट्टराईसँग महालक्ष्मी फाइनान्स र महालक्ष्मी विकास बैंकमा समेत टिम मेम्बरका रुपमा काम गर्ने अवसर पाएकी थिइन् ।यसैगरी साबिक प्रभू लाइफबाट प्रभू महालक्ष्मी लाइफमा आएका मुख्य प्रबन्धक प्रयास  श्रेष्ठ पनि स्वेच्छिक अवकाश रोजेर बाहिरिएका छन् ।

प्रभू र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकरणपछि साबिक प्रभु लाइफबाट आएका जिम्मेवार कर्मचारीलाई भूमिकाविहीन बनाएर भट्टराईले सबैजसो प्रभावशाली विभागमा आफूसँगै आएका महालक्ष्मी लाइफका कर्मचारीलाई तैनाथ गरेका थिए । असल नेतृत्वकर्ताको हैसियतमा भट्टराईले दुबै कम्पनीबाट जनशक्तिलाई उचित जिम्मेवारी दिएर सन्तुलित व्यवहार गर्नुपर्नेमा पेलेरै जाने दम्भ देखाए, परिणामस्वरूप अहिले एकीकृत कम्पनीमा न त उनी छन्, न त उनको कोर टीमबाट आएका बाँकी अरु कोही ।

के थियो अवकाश सुविधाः

प्रभू महालक्ष्मी लाइफको कम्पनीको सञ्चालक समितिले स्वेच्छिक अवकाश योजना २०८० को घोषणा गर्दै ईच्छुक कर्मचारीलाई माघ २५ गतेसम्म आवेदन दिन माग गरेको थियो । यो योजनामा सहभागी हुनका लागि साबिक प्रभू लाइफ वा महालक्ष्मी लाइफ इन्स्योरेन्समा १ वर्ष स्थायी सेवा अवधि वा सञ्चयकोष कट्टी हुने गरी सेवा प्रवेश गरेको १ वर्ष पूरा गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको थियो । यसैगरी निवेदन दिने अन्तिम मितिमा ३८ वर्ष पूरा ५६ वर्ष नपुगेको स्थायी वा सञ्चयकोष कट्टी हुने गरी नियुक्त कर्मचारी हुनुपर्ने शर्त पनि तोकिएको थियो । स्वेच्छिक अवकाश रोज्नका लागि नायब प्रबन्धक वा सोभन्दा माथिका ‘स्थायी वा सञ्चककोष कट्टी गरी नियुक्त’ कर्मचारी हुनुपर्ने प्रावधान समेत थियो।

एकीकृत कम्पनीबाट बाहिरिन बाध्य पहिलो सीईओः

बीमा कम्पनीको एकीकृत कारोबार शुरु भएपछि प्रमुख कार्यकारी अधिकृत नै कार्यकाल पुरा नहुँदै राजीनामा दिएर बाहिरिन बाध्य हुनु परेको घटना भट्टराईसँग मात्र भएको हो । भट्टराईले नयाँ सञ्चालक समितिले नियुक्तिको निर्णय गर्नु अघि नै बीमा ऐन २०७९ को प्रावधान विपरित नेपाल बीमा प्राधिकरणबाट आफ्नो नियुक्ति समर्थन गराएका थिए । प्रभु महालक्ष्मीको पहिलो साधारण सभा हुनु अगावै उनले संस्थापक पक्षसँग दुश्मनी मोल्दै प्रोक्सी संकलन शुरु गरेका थिए । महालक्ष्मी लाइफमै मतभेद रहेको संस्थापक शेयरधनीमध्येको सुमार्गी समूह र प्रभू लाइफको संस्थापक समूहबीच सहमति कायम भएपछि भट्टराईले सञ्चालक समितिको निर्वाचनमा आफू अनुकूल चलखेल गर्ने अवसर पाएनन् र असमयमै अपदस्थ हुनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

38%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS