IME Life New

सागर डिस्टिलरीको प्रिमियम मूल्यमा शेयर बिक्री खुला, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिस्टिलरीले प्रिमियम मूल्यमा शेयर बिक्री खुला गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै प्रिमियम मूल्यमा शेयर बिक्री खुला गरेको हो।

कम्पनीको प्रथम वार्षिक साधारणसभाको निर्णयले कम्पनीको जारी पुँजीमध्ये १० लाख ४५ हजार कित्ता साधारण शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला छ। बिक्रीमा राखिएको शेयर प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ प्रिमियमबापत १०० रुपैयाँ थप गरेको छ।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि कम्पनीको सञ्चालक समितिसमक्ष निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य इच्छुक लगानीकर्तालाई कम्पनीमा लगानी गर्ने अवसर प्रदान गरी सोहीअनुरुप शेयर बाँडफाँड गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

14%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS