IME Life New

नेप्सेमा थपियो ३ कम्पनीको बोनस शेयर, कसको कति कित्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५६ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको कुल ५६ लाख ५८ हजार ४०७.५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा हिमालयन डिस्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता, स्वावलम्बन लघुवित्तको १५ लाख ९५ हजार ४५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ७९५.८६ कित्ता शेयर रहेको छ।

Esewa
Crest

यी तीनै कम्पनीले आर्थिक वर्ष २०७९÷८०मा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त आर्थिक वर्षका लागि हिमालयन डिस्टिलरीले १० प्रतिशत, स्वावलम्बन लघुवित्तले १३.३६ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS