IME Life New

कम्पनी विश्लेषण: यस्ता छन् त्रिशूली जलविद्युत आयोजनाका मुख्य विशेषताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी पब्लिक कम्पनीका रुपमा सन् २०११ मे १२ बाट सञ्चालनमा आएको हो। यो कम्पनीले नुवाकोट र रसुवा जिल्लाको सीमा भएर बग्ने त्रिशूली नदीमा अप्पर त्रिशूल ३बी आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र २०७२ जेठ २४ गते पाएको थियो।

माथिल्लो त्रिशूल ३बी रन अफ रिभर प्रकारको जलविद्युत आयोजना हो। ६० मेगावाटको क्यासकेड प्रकार भएको यो आयोजना रसुवा र नुवाकोट जिल्लामा पर्दछ। दुई उत्पादन इकाइ भएको यस आयोजनाको कुल जडित क्षमता ३७ मेगावाट रहेको छ। हरेक इकाइमा १९.१ मेगावाटको फ्रान्सिस टर्बाइन जडान गरिनेछ।

Esewa
Crest

यस आयोजनाका लागि चाहिने ऋण (आवश्यक पुँजी ७० प्रतिशत) संकलन कार्य कोष एजेन्सीहरुमार्फत चलिरहेको भने स्वःपुँजी (आवश्यक पुँजी ३० प्रतिशत) लगानीकर्ता नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, स्थानीय विकास एजेन्सीहरु र सर्वसाधारण रहेका छन्।

यो आयोजनाका मुख्य विशेषताहरु

  • क्यासकेड प्रकारको आयोजना भएका कारण छुट्टै बाँध आवश्यक नपर्ने ।
  • हेडरेस र पेनस्टक पाइपका लम्बाइ अत्यन्त छोटा रहेका छन्।
  • वर्षको करिब ८ महिनासम्म घनमिटर-सेन्टिमिरको पानी प्रवाह पाउन सकिन्छ।
  • विद्युत प्रसारण लाइनको दूरी अत्यन्त छोटो (३ किलोमिटर) रहेको त्रिशूली ३बी हबमा जोडिएको छ।
  • आयोजनाबाट उत्पादित विद्युत बर्खायाममा प्रतियुनिट ४.८ रुपैयाँ र सुक्खायाममा प्रतियुनिट ८.४ रुपैयाँ जान्छ।

कम्पनीको वित्तीय अवस्था

त्रिशूली जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८८ लाख ६५ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा पनि कम्पनीले ९१ लाख ८३ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।

पहिलो त्रैमासमा कम्पनीले ६५ लाख ३८ हजार रुपैयाँ कर्मचारीमा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च ६४ लाख ६६ हजार रुपैयाँ थियो। कर्मचारी खर्च १.१२ प्रतिशतले बढेको छ।

त्यस्तै पहिलो त्रैमासमा प्रशासनिक तथा सामान्य खर्च १५.६८ प्रतिशतले घटेर १८ लाख ४० हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च २१ लाख ८२ हजार रुपैयाँ भएको थियो।

चुक्तापुँजी १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २१ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ १५ करोड ५ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिमा कम्पनीको ईपीएस ०.४८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८५.२१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

93%
sad

दु :खी

0%
amazed

अचम्मित

7%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS