IME Life New

नयाँ ब्रोकरको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१) को शेयर बिक्रीमा राखिएको छ। यो नयाँ ब्रोकर कम्पनी हो।

यो ब्रोकरको २८ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यसमा संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। यसको अर्थ संस्थापक शेयरधनीहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले न्यूनतम १०० कित्तादेखि गुणा हुने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिद आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। संस्थापक शेयरधनीबाट यो अवधिमा शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा गैरसंस्थापकलाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS