IME Life New

घट्यो घरजग्गा कर्जाको माग, बढ्यो आवासीय व्यक्तिगत घर कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा घरजग्गा कर्जाको माग घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकबाट यस्तो देखिएको छ।

तथ्यांकअनुसार यो ६ महिनामा बैंकहरुबाट कुल २ खर्ब ४५ अर्ब ३ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ। जुन गत असार मसान्तको तुलनामा १.८ प्रतिशतले कम हो। गत असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ प्रवाह भएको थियो।

Esewa
Crest

यो ६ महिनामा सबैभन्दा बढी कर्जा जग्गा खरिद र प्लटिङमा बढी कर्जा प्रवाह भएको देखिएको छ। यो शीर्षकमा बैंकहरुबाट १ खर्ब ३७ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा २.८ प्रतिशतले कम हो। गत असार मसान्तसम्मको यो शीर्षकमा बैंकहरुले १ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा रेसिडेन्टल रियल स्टेट शीर्षकमा ६८ अर्ब ५४ करोड रुपैयाँ कर्जा भएको छ। यो शीर्षकको कर्जा प्रवाह भने गत असारसम्मको तुलनामा ४.६ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म यो शीर्षमा ६५ अर्ब ५१ करोड रुपैयाँ कर्जा भएको थियो।

यसैगरी यो ६ महिनामा बैंकहरुबाट ३ खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। जुन गत असारसम्मको तुलनामा ९.४ प्रतिशतले बढी हो। गत असारसम्म यो शीर्षकमा बैंकहरुबाट ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जा २ करोड रुपैयाँसम्म प्रवाह गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS