IME Life New

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा १८८% को उछाल, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १८८.०७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने घटेर १ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको कुल आम्दानी २ करोड ७५ लाख रुपैयाँ थियो।

Esewa
Crest

कम्पनीको सञ्चालन मुनाफा पनि घटेर १ करोड ११ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ३१ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६ करोड ४७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४ करोड ७५ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ ३६.२४ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ०.४६ रुपैयाँमा सीमित थियो। पीई रेसियो २०२.०२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.५६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS