IME Life New

सानिमा मिडिल तमोरको घट्यो घाटा, आम्दानीमा १५.७९% को संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर (तमोर)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासका कम्पनीले १ करोड ६३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले कम्पनीको घाटा घटेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ सञ्चालन घाटा खाएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो घाटा २ करोड २४ लाख रुपैयाँ थियो।

Esewa
Crest

दोस्रो त्रैमासमा कम्पनीको आम्दानी (निर्माणतर्फ) १ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब ७५ करोड ५९ हजार रुपैयाँ थियो। कम्पनीको आम्दानी १५.७९ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ८ करोड ३२ लाख रुपैयाँले ऋणात्मक थियो। कम्पनीको अन्य रिजर्भमा ९ लाख ४४ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) ०.४९ प्रतिशतले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीउस १.७४ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर आम्दानी ९७.२८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS