IME Life New

युनाइटेड इदी मर्दीको २०% ले घट्यो नाफा, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा नाफा २०.१९ प्रतिशतले घटेको छ।

दोस्रो त्रैमामसम्म विद्युत बिक्रीबाट कम्पनीले ९ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले १० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। विद्युत बिक्रीको आम्दानीमा पनि ७.४८ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसको आकार ३२.१३ प्रतिशतले बढेर ४ करोड ७२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भ र सरप्लसमा ३ करोड ५७ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १०.५० रुपैयाँ, पीई रेसियो ३९.५४ गुणा र प्रतिशेयर नेटवर्थ १११.२५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS