IME Life New

विद्युत उत्पादन अवरुद्ध हुँदा बरुण हाइड्रोपावर घाटामा, ईपीएस रु. १३.९४ ले ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा कम्पनीलाई १ करोड ७३ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीलाई ३ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा भएको थियो।

Esewa
Crest

दोस्रो त्रैमासमा विद्युत उत्पादन ठप्प हुँदा कम्पनीले आम्दानी गर्न सकेन। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गतेको बाढीले पूर्ण रुपमा क्षति पुर्याएको विद्युत उत्पादन कार्य सुचारु नहुँदा कम्पनीले आम्दानी गर्न नसकेको र सोही कारण घाटा व्यहोर्नुपरेको हो।

चुक्तापुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २ करोड १२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा २ करोड ७२ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १३.९४ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो १८.३६ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४.२० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS