IME Life New

सानिमा माई हाइड्रोपावरको नाफा ३३.४१ करोड माथि, रिटेन्ड अर्निङमा ३४.७६% को बढोत्तरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ३३ करोड ४१ लाख रुपैयाँ माथि नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३२ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ३.३९ प्रतिशतले बढी हो।

Esewa
Crest

दोस्रो त्रैमासमा कम्पनी सञ्चालन मुनाफा घटेर ३६ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा ३८ करोड १८ लाख रुपैयाँ थियो।

दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५० करोड ४९ लाख रुपैयाँ थियो। विद्युत बिक्रीको आम्दानी पनि १.१३ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङको आकार ३४.७६ प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा १ अर्ब ४ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.८२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १०.४८ रुपैयाँ थियो। पीई रेसियो ३४.५६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.१० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS